पाँच कम्पनीको सेयर मूल्य समायोजन, कतिमा खुल्दैछ कारोबार?
नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले पाँच कम्पनीहरुको सेयर मूल्य समायोजन गरेको छ । नेप्सेले मंगलबार मुक्तिनाथ विकास बैंक, साधना लघुवित्त, हिमालयन डिस्टिलरी, गुँरास लघुवित्त र मिर्मिरे लघुवित्तको सेयर मूल्य समायोजन गरेको हो । यिनीहरुले साधारण सभा तथा लाभांश प्रयोजनार्थ आज पुस २० गते बुक क्लोज गरेका छन् । त्यसैले मंगलबार सम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
मुक्तिनाथ विकास बैंकको १३.५० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । समायोजन पछि यसको भाउ ४१९.३८ रुपैयाँ कायम भएको हो । त्यस्तै, साधना लघुवित्तको १९ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन पछिको भाउ ९०४.२० रुपैयाँ कायम भएको छ । यता, हिमालयन डिस्टिलरीको ६० प्रतिशत बोनसमा २५१८.७५ रुपैयाँ, गुँरास लघुवित्तको ४ प्रतिशत बोनस सेयरमा ८००.१९ रुपैयाँ र मिर्मिरे लघुवित्तको २३ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन पछि ८२१.३८ रुपैयाँ कायम भएको छ । समायोजित मूल्यलाई आधार मानेर आज यिनीहरुको कारोबार खुल्नेछ ।
Comments