नेप्सेमा करिब ३ अङ्कको गिरावट, कारोबार रकम ३ अर्ब ४५ करोड ८० लाख!
आज मंगलबार ३.०३ अङ्कले घटेर ०.१५ % गिरावटका साथ नेप्से परिसूचक २०६१.०६ अंकमा बन्द भएको छ। कारोबार भएका २५७ कम्पनीमध्ये १०७ कम्पनी उकालो लागेका छन्, १०२ कम्पनी ओरालो लागेका छन् भने ३ कम्पनी स्थिर रहेको छ।
कारोबार भएका ९ उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन्।
प्रमुख कारोबार
आज नेप्से बजारको टप गेनरमा श्वेत-गंगा हाईड्रोपावर र धौलागिरी लघुवित्त रहेका छन्, जसको १०% मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा वेअन नेपाल लघुवित्त रहेको छ, जसको सेयर मूल्य ५.५९% ले घटेको छ। सबैभन्दा धेरै टर्नओभरमा हिमालयन डिस्टिलरी र भोल्युममा हिमाल दोलखा हाईड्रोपावर कम्पनीको कारोबार भएको छ।
Comments