नेप्से इन्ट्राडे अपडेट: लगभग १५ अङ्कको वृद्धि!

आज नेप्से बजार १४.९६ अंकले बढेको छ।   

सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म २०७९ को नजिक आएको छ। १४.९६ अङ्कले  बढेर नेप्से परिसूचक २०७९.०५  मा आएको हो। आज २ घण्टामा लगभग १ अर्ब ४३ करोड ८३ लाख कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा कम हो।

यस्तै, आजको टप गेनरमा धौलागिरी  लघुवित्त कम्पनी रहेको छ जसको १०% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा बोटलर्स नेपाल लिमिटेड रहेको छ जसले ६.०१% गुमाएको छ।

Comments

Back to top