हिमालयन डिष्टिलरीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

हिमालयन डिष्टिलरी कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा प्रयोजनका लागि  पुस २० गते बुक क्लोज गर्ने भएको छ । त्यसैले आज सम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई ६० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद गरी कुल ७० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । उक्त प्रस्ताव पारित गर्न कम्पनीले  पुस २७ गते वार्षिक साधारण सभा बोलाएको छ ।

Comments

Back to top