बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको शेयर नेप्सेमा सूचीकृत

बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको शेयर नेप्सेमा सूचीकृत भएको छ । सोमबार कम्पनीको २५ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले सर्वसाधरणको लागि निष्काशन गरेको ७ लाख कित्ता र संस्थापकहरुले लगानी गरेको १८ लाख कित्ता सहित २५ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको शेयरलाई नेप्सेले न्युनतम ६४ रुपैयाँ ९७ पैसा देखि १९४ रुपैयाँ ९१ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । नेप्सेले कम्पनीको शेयरलाई बिएचपीएल कारोबार संकेत प्रदान गरेको छ ।

Comments

Back to top