नेप्सेमा ७ लाख ७२ हजार कित्ता हकप्रद सेयर सूचीकृत
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा समृद्धि फाइनान्स कम्पनी लिमिटेडको हकप्रद सेयर सूचीकृत भएको छ । सोमबार कम्पनीको ७ लाख ७२ हजार ६६६ कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो । फाइनान्सले गत फागुन ८ गते देखि २९ गतेसम्म ५० प्रतिशत हकप्रद सेयर निष्काशन गरेको थियो । उक्त सेयर नेप्सेमा सूचीकृत भएको हो ।
Comments