पाँच कम्पनीको सेयर मूल्य समायोजन, कतिमा खुल्दैछ कारोबार?
नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले पाँच कम्पनीहरुको सेयर मूल्य समायोजन गरेको छ । नेप्सेले सोमबार सिभिल बैंक, आईसीएफसी फाइनान्स, श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स कम्पनी, पोखरा फाइनान्स र सीवाईसी नेपाल लघुवित्त सेयर मूल्य समायोजन गरेको हो । यिनीहरुले साधारण सभा तथा लाभांश प्रयोजनार्थ आज पुस १९ गते बुक क्लोज गरेका छन् । त्यसैले सोमबार सम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
सिभिल बैंकको ५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । समायोजन पछि यसको भाउ २३८.१० रुपैयाँ कायम भएको हो । त्यस्तै, श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स कम्पनीको २.४० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन पछिको भाउ ३२९.१० रुपैयाँ कायम भएको छ । यता, पोखरा फाइनान्सको ४ प्रतिशत बोनसमा ३७३.८ रुपैयाँ, आईसीएफसी फाइनान्सको ५ प्रतिशत बोनस सेयरमा ४४५.७१ रुपैयाँ र सीवाईसी नेपाल लघुवित्तको ३० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन पछि १९२९.२३ रुपैयाँ कायम भएको छ । समायोजित मूल्यलाई आधार मानेर आज यिनीहरुको कारोबार खुल्नेछ ।
Comments