नेप्सेमा करिब १७ अङ्कको वृद्धि, कारोबार रकम २ अर्ब ९६ करोड ९ लाख!
आज सोमबार १७.५६ अङ्कले बढेर ०.८६ % वृद्धिका साथ नेप्से परिसूचक २०६३.८३ अंकमा बन्द भएको छ। कारोबार भएका २५३ कम्पनीमध्ये १६५ कम्पनी उकालो लागेका छन्, ३९ कम्पनी ओरालो लागेका छन् भने ७ कम्पनी स्थिर रहेको छ।
कारोबार भएका १० उप-समुहहरुको सेयर मूल्य उकालो लागेका छन्।
प्रमुख कारोबार
आज नेप्से बजारको टप गेनरमा श्रृजनशील लघुवित्त र धौलागिरी लघुवित्त रहेका छन्, जसको १०% मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा एनएमबी५० रहेको छ, जसको सेयर मूल्य ४.८०% ले घटेको छ। सबैभन्दा धेरै टर्नओभरमा नबिल बैंक र भोल्युममा युनिभर्सल पावर कम्पनीको कारोबार भएको छ।
Comments