भोजन खाइसकेपछि सौंफ खानुका औषधीय गुणहरू यस्ता छन्!
खाना खाएपछि रेस्टुरेन्ट वा भोजनालयले सौंफ खानका लागि कुनै ट्रेमा राखेका हुन्छन्। होटेल वा रेस्टुरेन्टमा खाना खाएपछि सौंफलाई हामी माउथ फ्रेसनरको रूपमा प्रयोग गर्छौ । तर खाना खाएपछि सौंफ खाँदा खाएको खाना सजिलै पचाउन मदत गर्नुका साथै पाचन क्रियालाई पनि सजिलो बनाउने गर्छ। सौंफ क्याल्सियम, सोडियम, आयरन र पोटासियमको स्रोत पनि हो । यसमा औषधिय गुण हुन्छन ।
सौंफ खानुका यस्ता छन् फाइदा
-हात तथा खुट्टा झमझमाएमा वा हात खुट्टा पोल्ने समस्या भएमा पनि सौंफ र धनियाँलाई बराबर मात्रामा मिलाएर त्यसको मिश्रण बनाएर मिश्री पानीसँग खानाले पनि हातखुट्टा पोल्ने समस्या कम भएर जान्छ ।
-सौंफले कब्जियतको समस्या हुन दिँदैन ।
-दैनिक रुपमा सौंफलाई चपाएर खानाले छालामा समेत चमक आउँछ ।
-यसलाई चिनी वा मिश्रीसँग मिलाएर खाएमा यसको समस्या हट्नुका साथै कब्जियतबाट राहत दिन्छ।
-सौंफलाई चपाएर खानाले बसेको घाँटी खुल्नुका साथै घाँटीको समस्या हटेर जान्छ।
-सौंफको सेवनद्धारा आँखाको रोशनी बढाउन सकिन्छ । सौंफ तथा मिश्रीको चुर्णलाई मनतातो पानीसँग दैनिक सेवन गरेको खण्डमा दृष्टि क्षमता बढ्छ।
-खानापछि सौंफ खानाले खाना राम्ररी पच्छ । सौंफलाई जिरा तथा कालो मरीचसँग मिलाएर चूर्ण बनाई मनतातो पानीसँग खाएमा यसले राम्रो पाचकको रुपमा काम गर्छ।
पखाला लागेमा सौंफको सेवन उत्तम मानिन्छ। सौंफलाई बेलको गुदीसँग बिहान बेलुकी चपाएको खण्डमा अर्जीर्ण कम हुनुका साथै पखाला थामिने गर्छ।
खोकीमा पनि सौंफ निकै उपयागी मानिन्छ। सौंफको साथमा मह मिलाएर खाएमा खोकीको समस्या हटेर जान्छ।
Comments