नेप्से इन्ट्राडे अपडेट: ११.३१ अङ्कको वृद्धि!
आज नेप्से बजार ११.३१ अंकले बढेको छ।
सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म २०५७ को नजिक आएको छ। ११.३१ अङ्कले बढेर नेप्से परिसूचक २०५७.५८ मा आएको हो। आज २ घण्टामा लगभग १ अर्ब २७ करोड २२ लाख कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा कम हो।
यस्तै, आजको टप गेनरमा धौलागिरी लघुवित्त कम्पनी रहेको छ जसको १०% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा बोटलर्स नेपाल लिमिटेड रहेको छ जसले ५.८८% गुमाएको छ।
Comments