टोपी दिवस मनाएको नेप्सेको अबको यात्रा कता?

प्री-ओपनिङ सेसनमा ८ पोइन्टको ग्याप-अप ओपनिङ गरेको नेप्सेले इन्ट्राडे-हाई २०८३ मा बनाएर २०४६.२६ मा क्लोजिङ दिएको थियो । हिजो देखिएको इन्भर्स ह्यम्मर क्यन्डल स्टिकले सर्टटर्म ट्रेन्ड रिभर्सलको संकेत देखाएको छ। हिजोको दिन बुलहरुले २०० दिनको मुभिङ एभरेजलाई टेस्ट गर्न खोजेतापनी बियरहरुले यस कोसिसलाई बिफल पारेको देखिन्छ।

नेप्सेले २०० दिनको मुभिङ एभरेजलाई गएको एकवर्षमा पहिलो चोटी टेस्ट गर्न गएको हो। १८५० देखी २०८३ सम्म कारीब १२.५ प्रतिशत नेप्से बढ्दा, हाई बेटा स्टकहरुले लगानिकर्तालाई ३५-४० प्रतिशतसम्म मुनाफा दिएको देखिन्छ। मार्केटको यो बिन्दु र भोल्युम विगत चार महिनकै उच्च हो र यस
अवस्थामा नेप्सेमा केहि अंकको करेक्सन आउनु सामान्य मान्न सकिन्छ ।

अब नेप्सेको नजिकको सपोर्ट १९६० लाई लिन सकिन्छ भने लगानी गर्नलाई उपयुक्त समय २०० दिनको मुभिङ एभरेजलाई भोल्युमका साथ ब्रेक आउट दिएर मर्केट स्टेबल भएपछीको समय मान्न सकिन्छ।

Comments

Back to top