पाँच कम्पनीको सेयर मूल्य समायोजन, कतिमा खुल्दैछ कारोबार ?

नेपाल स्टक एक्सचेञ्जमा पाँच कम्पनीहरुको सेयर मूल्य समायोजन भएको छ ।  सिद्धार्थ इन्स्योरेन्स,नबिल बैंक,महालक्ष्मी विकास बैंक,हिमालयन बैंक र बुटवल पावर कम्पनीको शेयर मूल्य समायोजन भएको हो । सिद्धार्थ इन्स्योरेन्सको ९ प्रतिशत बोनस शेयरमा मुल्य समायोजन पछि भाउ ५९१.६५ रुपैयाँ कायम भएको छ । त्यसैगरी नबिल बैंकको १८.५० प्रतिशत बोनस शेयरमा मूल्य समायोजन भएको छ । समायोजन पछि भाउ ७२१.१० रुपैयाँ कायम भएको छ ।

यता, महालक्ष्मी विकास बैंकको ४ प्रतिशत बोनस शेयरमा मूल्य समायोजन पछि भाउ ३३३.६५ रुपैयाँ, हिमालयन बैंकको ८ प्रतिशत बोनश शेयरमा समायोजन पछि  भाउ ३३८.०६ रुपैयाँ कायम भएको छ ।

नेप्सेले बुटवल पावर कम्पनीको ५ प्रतिशत बोनश शेयरको समायोजनपछि भाउ ३२२.३८ पैसा तोकेको छ । आज यिनीहरुको शेयर कारोबार समायोजित मूल्यलाई आधार मानेर खुल्नेछ ।

Comments

Back to top