पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, सिभिल बैंक, आइसिएफसी फाइनान्स, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी र पोखरा फाइनान्स कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १९ गते एक दिन बुक क्लोज गर्ने भएका छन् । त्यसैले आज पुस १८ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।

सिभिल बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । उक्त लाभांश पारितका लागि कम्पनीले पुस २८ गते अमृतभोग कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे साधारण सभा शुरू हुने जनाएको छ ।

 

सिवाइसी नेपालले पुस ३० गते सभा गर्ने जनाएको छ । सभा संस्थाको केन्द्रीय कार्यालय पोखरामा आयोजना गर्न लागेको हो । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ३० प्रतिशत बोनस शेयर र १.५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साधारण सभाले उक्त प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै आइसिएफसी फाइनान्स कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ५ प्रतिशत बोनश शेयर र करसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । उक्त लाभांश पारितका लागि कम्पनीले पुस २९ गते साधारण सभा बोलाएको छ । सभा अमृतभोग कालिकास्थान डिल्लीबजार, काठमाडौंमा बिहान १० बजे हुने जनाएको छ ।

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ५.२० प्रतिशत नगद लाभांश करसहित र २.४० प्रतिशत बोनश शेयर वितरण गर्ने निणर्य गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले पुस २९ गते साधारण सभा बोलाएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय डिल्लीबजारमा १० बजे शुरू हुने जनाएको छ ।

त्यसैगरी पोखरा फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ४ प्रतिशत बोनश शेयर र ०.२१ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने निर्णय गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले पुस २९ गते साधारण सभा बोलाएको छ । सभा दरबारथोक ब्यांक्वेट बास्तोलाथर पोखरा–९, कास्कीमा बिहान ९ बजे शुरू हुने जनाएको छ ।

Comments

Back to top