आइसिएफसि फाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
आइसिएफसि फाइनान्स लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । फाइनान्सले पुस १९ गते बुक क्लोज गर्दैछ । त्यसैले आज सोमबार पुस १८ गतेसम्म कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन र लाभांश सुरक्षित गर्न सक्नेछन् । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर र कर सहित ५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । उक्त प्रस्ताव पारित गर्न कम्पनीले पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा अमृतभोग, कालिकास्थान, काठमाडौँमा बिहान १० बजे सुरु हुनेछ ।
सभाले फाइनान्सको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
Comments