नेप्से इन्ट्राडे अपडेट: २६ अङ्कको वृद्धि!
आज नेप्से बजार २६.१८ अंकले बढेको छ।
सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म २०५५ को नजिक आएको छ। २६.१८ अङ्कले बढेर नेप्से परिसूचक २०५५.२१ मा आएको हो। आज २ घण्टामा लगभग २ अर्ब २३ करोड ७२ लाख कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा बढी हो।
यस्तै, आजको टप गेनरमा श्रृजनशील लघुवित्त कम्पनी रहेको छ जसको १०% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा सिद्धार्थ इक्विटीफन्ड रहेको छ जसले ५.६९ % गुमाएको छ।
Comments