केरा खाँदाका फाइदा यस्ता छन् !

केरा प्रायः सबैलाई मनपर्ने फलफूल हो। पहेँलो फलफूलले हाम्रो स्वास्थ्यलाई फाइदा पुर्‍याउने भएकोले केरा निकै फाइदाजनक छ। विकास उन्मुख राष्ट्रलाई हेर्ने हो भने धान, गँहु, मकै पछिको मुख्य खाद्य बालीको रुपमा केरालाई लिने गरिन्छ। केरा निकै मिठो तथा गुणकारी फल हो ।

यो अरु फलको तुलनामा सस्तो तथा प्रायः सबै मौसममा पाइने भएकाले पनि धेरैको रोजाइमा पर्छ । केरा खानमा मात्र मिठो होइन यो निकै पौष्टिक पनि हुन्छ । केरामा मुख्यतया तिनवटा प्राकृतिक सुगर पाइन्छ, सुक्रोज, र ग्लुकोज । त्यसका साथै यसमा प्रसस्त फाइबर समेत पाइन्छ । त्यसकारण केरा निकै तिब्र तथा खपाउ उर्जावर्धक फल हो।

१. जिउको तापक्रम नियन्त्रण- गर्मी याममा सरीरको आँत सितल पार्नका लागि केराको सेवन निकै उपयोगी हुन्छ । यसले सरीरबाट नष्ट हुने पानी तथा चिनीको भरणपोषण तत्कालै गरिदिन्छ ।

२. डिप्रेसन- डिप्रेसनको समस्या भएकाहरुले केरा खानु लाभदायक हुने तथ्य पछिल्लो अनुसन्धानले देखाएको छ । केरामा टि्रप्टोफ्यान भन्ने तत्व हुन्छ जुन एक प्रकारको प्रोटिन हो र यसलाई मानिसको सरीरले सेरोटोनिनमा बदल्छ । सेरोटोनिन यस्तो तत्व हो जसले सरीरमा आनन्द (रिल्याक्स) पैदा गर्छ, तनाव घटाउँछ, मूड सुधार्छ र खुसी अनुभुति गराउँछ । केरामा भिटामिन बी ६ पनि पाइन्छ जसले सरीरमा ग्लूकोजको मात्रा सन्तुलन गराउँछ र यसले पनि तनावलाई नियन्त्रण गर्न सहयोग पूराउँछ ।

३. अल्सर- आन्द्रामा घाउ हुने अर्थात् अल्सरका रोगीका लागि समेत केराको सेवन उपयुक्त हुन्छ । यसले पेटको अम्लपना समेत सन्तुलित गराउने भएकाले यो अल्सर तथा ग्यास्ट्राइटिसका रोगीका लागि फाइदाजनक हुन्छ ।

४ रक्तअल्पता तथा उच्च रक्तचाप- केरामा उच्च मात्रामा फलाम तत्व पाइन्छ जसले रगतमा हेमोग्लोबिन अर्थात् रक्तकणको उत्पादन बढाउँछ र रक्तअल्पताबाट बचाउन सहयोग गर्छ । केरामा पर्याप्त मात्रामा पोटासियम लवण पाइन्छ जसले उच्च रक्तचापलाई नियन्त्रण गर्छ।

५ . स्नायु स्वास्थ्य- केरामा हुने भिटामिन बी का कारण स्नायु प्रणाली स्वस्थ बन्दछ।

६, मस्तिष्कको क्षमता- बेलायतको टि्वकेनह्याम विद्यालयका विद्यार्थीमा गरिएको अध्ययनले केराले विद्यार्थीमा स्मरण शक्ति बढाउने तथ्य प्रमाणित गरेको थियो । केरामा पर्याप्त पोटासियम समेत हुने भएकाले यसले जिउलाई बढि सक्रिय बनाउन मद्दत गर्ने र सिकाइका लागि उत्प्रेरित गर्दछ।

७,  लामखुट्टेले टोकेर दुखेको, चिलाएको वा सुन्निएको ठाउँमा केराको बोक्राको भित्री भाग दल्नाले दुखाइ तथा चिल्चिलाहट कम हुन्छ।

८,  कब्जियत- केरामा उच्च मात्रामा फाइबर पाइन्छ जसले पेटको कामलाई दुरुस्त पार्ने तथा पाचन प्रणालीलाई स्वस्थ बनाउने काम गर्छ । यसले अपच तथा कब्जियत जस्ता समस्या समेत कम गर्छ।

Comments

Back to top