आजसम्म कायम शेयरधनीले मात्रै बुटवल पावरको लाभांश पाउने
बुटवल पावर कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले पुस १८ गते बुक क्लोज गर्दैछ । तसर्थ, आज आइतबार पुस १७ गते सम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश सुरक्षित गर्न सक्नेछन् । कम्पनीले चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र कर सहित ७.५० प्रतिशत नगद लाभांश गरी जम्मा १२.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
उक्त प्रस्ताव पारित गर्न कम्पनीले गर्न पुस ३० गते साधारण सभा बोलाएको छ। सभा कार्की ब्याङ्कवेट, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ । सभाले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्नेछ । त्यस्तै, लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि रहेको छ ।
Comments