२०२३ को सुरुवातमा नेप्से २०२३ माथि!

२०२२ को अन्तिम दिन बिहीबार ५६.८८ अङ्कले बढेर २.८८% वृद्धिका साथ नेप्से परिसूचक २०२९.०३ अंकमा बन्द भएको छ। १८६८.१८ को बिन्दुमा खुलेको नेप्से २०२९.०३ सम्म बढेर उच्च बिन्दुसम्म पुगेको हो। नेप्सेले यस साता करीब १६२ अङ्क हासिल गरेको छ। 

बिष्णु पौडेल राइज भनेर संज्ञा दिइएको यस र्‍यालीको अबको अवरोध २०८८-२०९५ मा देखिन्छ भने अबको माइनर सपोर्ट १९६३ लाई लिन सकिने भएको छ। ५० दिनको  मुभिङ एभरेजलाई भोल्युम सहित ब्रेकआउट दिएको मार्केटले २०० दिन  मुभिङ एभेरेजको रेसिस्ट्यन्समा कसरी प्रतिकृया देखाउँछ हेर्न बाँकी नै  रहेको छ र त्यसपछिको सप्लाई जोन २२०० को बिन्दुलाई लिन सकिन्छ। यस अघि पौडेल अर्थमन्त्री रहँदा मार्केटमा १५०० अंकको बुलिश र्याली (करीब १०० प्रतिशत) भएकोले लगानिकर्ताहरुले यीनलाई बजार मैत्री अर्थमन्त्रीका रुपमा बुज्ने गरेका छन्।

बुधवार, नेपाल एसोसिएसन अफ फाइन्यानसिअल जर्नलिस्ट (NAFIJ)को बैठकमा अर्थमन्त्री पौडेलले देशको अर्थतन्त्र नियन्त्रण  बाहिर नगैसकेको अभिव्यक्ति दिएका छन्। उक्त अभिव्यक्तिले  लगानीकर्ताको मनोबल थप उच्च भएको  छ। नयाँ वर्ष सन् २०२३ मा तरलताको अभावमा कमी आउने र नीतिगत सुधार हुने अपेक्षाले पूँजी बजारले नयाँ उचाई लिने अपेक्षा गरिएको छ।  

सेयर बजारको दिशालाई मनिटरी पोलिसी, ब्याज दर्, स्प्रेड दर्, फरेन रिजर्भ, लिक्विडिटी इत्यादिले निर्धारण गर्दछ।  तथापी  विश्व  बजारमा नीति निर्माताको बजारप्रतिको मनोवृत्ति र अभिव्यक्तिले पनि केही हदसम्म असर गरेको देख्न सकिन्छ। 

Comments

Back to top