पानका फाइदाहरू यस्ता छन्!
पान बहूपयोगी लहरेदार बनस्पति हो । पान खाने नेपाल, भारत लगायत दक्षिण–पूर्व एसियाको परम्परा रहेको छ । पानको पातमा चूना, कत्था, सुपारी को टुकडा, सौंफ एवं अन्य विभिन्न प्रकारका मसला सुगन्धित आदि हालेर खाने चलन रहेको छ ।
सुपारी, सुर्तिलाई पानको पातमा बेरेर तयार पारिने मनोत्तेजक खाद्यपदार्थ हो, पान । साधारणतया पान मुखमा राखेर चपाउँदै रसखाने अथवा थुक्ने गरिन्छ भने अन्त्यमा पुरै निल्ने वा थुक्ने गरिन्छ ।
पानका फाइदाहरूः
१. दमको रोगमा
नीमको तेल १० थोपा सादा पानमा हालेर बिहान र बेलुका खाने गरेमा दम ठीक हुन्छ ।
२.घाँटी खसखस भएमा
बिहान र बेलुका पानमा मदिसे सूप राखेर खाने गरेमा घाँटी खसखस भएको ठीक हुन्छ ।
३. पाचनमा मद्दत
पान खाना पाचन क्रियाका लागि फाइदाजनक छ । यसले सैलिवरी ग्लैंडलाई सक्रिय गरेर लार बनाउने काम गर्दछ। जसले खानालाई सानो–सानो टुक्रा बनाउन सहयोग गर्दछ ।
४. कब्जियतको समस्यामा
पानले कब्जियतको समस्यालाई पनि लाभ गर्दछ । कब्जियतको समस्या भएका मानिले पानको पत्ता मात्र चबाएमा ठीक हुने अध्ययनले जनाएका छन्।
एजेन्सी
Comments