नेपाल टेलिकमको ४० प्रतिशत नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

नेपाल टेलिकम कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले पुस १८ गते बुक क्लोज गर्दैछ । तसर्थ, आज आइतबार पुस १७ गते सम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश सुरक्षित गर्न सक्नेछन् । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई कर सहित ४० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । उक्त प्रस्ताव पारित गर्न कम्पनीले पुस २८ गते वार्षिक साधारण सभा बोलाएको छ।  सभा राष्ट्रिय सभा गृह, प्रदर्शनीमार्ग, काठमाडौँमा बिहान १० बजे शुरु हुनेछ।
सभाले लाभांश प्रस्ताव पारित गर्नेलेखापरीक्षक नियुक्त गर्ने, गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

Comments

Back to top