'बुलिश माराबोजु क्यान्डल' बनाउँदै नेप्सेमा भयो ट्रेन्ड रिभर्सल, आगामी हप्ता पनि नेप्से माथि नै लाग्ला त?
गत साता ०.८२% ले घटेको नेप्से यो साता भने ८.६७% ले बढेको छ। यस साताको पहिलो कारोबार दिन आइतबार १८६८.१८ को बिन्दुमा खुलेको नेप्से २०२९.०३ को उच्च बिन्दुसम्म पुगेको थियो। नेप्सेले यस साता करिब १६२ अङ्क हासिल गर्यो। हप्ताको अन्तिम कारोबार दिन लगभग ५७ अंक बढेर नेप्से २०२९.०३ मा बन्द भएको छ।
यस साताको टप गेनर्स (Top Gainers)
यस साताको टप लुजर्स (Top Losers)
यस साता सबै भन्दा धेरै कित्ता कारोबार भएका टप दश कम्पनीहरु (Top Traded Stocks By Volume )
टप ब्रोकर
प्राविधिक विश्लेषण
NEPSE WEEKLY UPDATE: DEC 30, 2022
अघिल्लो साता 'बियरिश ह्यामर क्यान्डल' बनाउँदै ओरालो लागेको नेप्सेले यो साता भने 'बुलिश माराबोजु क्यान्डल' बनाएको देखिन्छ जसले बजार खरिदकर्ताको पकडमा आएको सङ्केत गर्छ। यस साताको क्लोजिंग मिडल ब्याण्ड भन्दा माथि भएको छ तर ब्याण्ड भने खुम्चिन थालेको देखिन्छ जसले बजारमा उतारचढाव पनि कम हुन थालेको जनाउँछ। एमएसिडि लाईन बढेर जिरो लाइन भन्दा तल –६२.६६ मा आएको छ र हिस्टोग्राम बढेर पोजिटिभ २६.७१ मा पुगेको छ जसले बजारमा खरिद बढिरहेको देखाउँछ । सिग्नल लाईन पनि बढेर जिरो लाईन भन्दा माथि २७.३९ मा आएको छ। -१४ डिएमआई लाईनलाई +१४ डिएमआई लाईनले तलबाट क्रस गरेको देखिन्छ जसले बजारमा खरिद बढेको र बढिरहने सङ्केत गर्छ। आरएसआइ ३८.२० बाट बढेर ५२.१८ मा आएको छ जसबाट आरएसआइको मोमेन्टम बढेको देखिन्छ ।
नेप्सेको आगामी दिनको नजिकको सपोर्ट १८६० को एरिया हुन्छ भने नेप्सेको अवरोध २१०० को एरिया रहेको देखिन्छ।
Comments