५ कम्पनीको बोनस शेयरमा मूल्य समायोजन
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ५ कम्पनीको शेयरमूल्य समायोजन भएको छ। नेप्सेमा युनाइटेड इन्स्योरेन्स, फर्स्ट माइक्रोफाइनान्स, फरवार्ड माइक्रोफाइनान्स, कालिका पावर र आरएसडिसी लघुवित्तको शेयरमूल्य समायोजन भएको हो।
युनाइटेड इन्स्योरेन्स्को ५ प्रतिशत बोनसमा शेयर मूल्य समायोजन पश्चात भाउ ३८३ रुपैयाँ ८६ पैसा कायम भएको छ । यता फर्स्ट माइक्रोफाइनान्सको १९ प्रतिशत बोनसमा ६४१ रुपैयाँ ९ पैसा, फरवार्ड माइक्रोफाइनान्सको २५ प्रतिशत बोनसमा १ हजार ९०४ रुपैयाँ, कालिका पावरको १५ प्रतिशतमा ३३५ रुपैयाँ १३ पैसा र आरएसडिसी लघुवित्तको ८ प्रतिशत बोनस शेयरमा ५२५ रुपैयाँ ८३ पैसा कायम हुने गरी मूल्य समायोजन भएको हो । पुस १७ गते आइतबार यही समायोजित मूल्यलाई आधार मानेर दोस्रो बजारमा यी कम्पनीहरुको शेयर कारोबार खुल्नेछ।
Comments