सिद्धार्थ बैंकको ४६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
सिद्धार्थ बैंकले ४६ हजार कित्ता बढी संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले आफ्नो संस्थापक सेयरधनीको नाममा रहेको ४६ हजार ८६९ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ ।
यसमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसअघि विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेपछि सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो ।
सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले ७ दिनभित्र बैंकको केन्द्रीय कार्यालय हात्तिसार, काठमाडौंमा के कति सेयर खरिद गर्ने सो को व्यहोरा खुलाई आवेदन फारम बुझाउन सक्नेछन् ।
Comments