सेञ्चुरी कमर्सियल बैंकको साधारण सभा सम्पन्न, एक्विजिसन र लाभांश प्रस्ताव पारित

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको वार्षिक साधारण सभा बिहीबार  (पुस १४ गते) सम्पन्न भएको छ । सभा आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा सम्पन्न भएको हो । सभामा बैंकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बैंकका सेयरधनीहरुलाई चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश गरी कुल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ । 

यसैगरी, यस बैंकलाई प्रभु बैंकले १ः१ सेयर स्वाप रेसियोमा प्राप्ति गर्नका लागि अन्तिम स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गरिएको छ ।  यस्तै, लेखापरीक्षकको प्रतिवेदन सहित गत आर्थिक वर्षको आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणलगायतका प्रतिवेदन पारित भएको छ । 

Comments

Back to top