रायोको सागका फाईदा र यसका औषधीय महत्व!

रायोका साग बढी पोषणयुक्त तरकारीमा पर्छ । प्राय जाडोको समयमा घरघरमा सजिलै पाइने तरकारी हो रायोको साग। यो स्वास्थ्यका दृष्टिले अत्यन्त लाभदायक छ। 
 
रायोको सागमा भिटामिन–के प्रशस्त मात्रामा पाइन्छ। हड्डी खिइने समस्या भएकाहरूका लागि रायोको साग लाभकारी हुन्छ।  यसका साथै रायोको सागबाट भिटामिन ए, सी, ई, बी–वान, बी–टु, बी–थ्री प्राप्त गर्न सकिन्छ। प्रशस्त मात्रामा भिटामिन पाइने रायोको सागको सेबनले हाम्रो स्वास्थ्यलाई धेरै फाइदा गर्छ। 

रायोको सागले हामीलाई स्वस्थ रहन विभिन्न रोगबाट बच्न धेरै भूमिका खेलेको हुन्छ । रायोको तरकारी खाँदा यस्ता  स्वास्थ समस्याबाट मुक्ति पाउन सकिन्छ।

१. जोर्नी र हड्डी बलियो बनाउँछ : रायोको सागमा भिटामिन–के प्रशस्त मात्रामा पाइन्छ । भिटामिन के ले हड्डीलाई आवश्यक पर्ने खनिज प्रदान गर्नुका साथै यसले रगत जम्ने र अनावश्यक ठाउँमा क्याल्सियम जम्मा हुने क्रम पनि रोक्छ ।

२. गर्भवती र महिनावारीमा राहत दिन्छ : रायोको सागमा पाइने भिटामिन–के ले महिनावारीका बेला जीउ दुख्ने समस्याबाट राहत दिन्छ । गर्भवती महिलालाई वाकवाकी आउने, टाउको दुख्ने आदि समस्या देखिन्छन् । शरीरमा भिटामिन केको कमीका कारण यस्तो हुनेगर्छ । रायोको सागमा भिटामिन के प्रचुर मात्रामा पाइने भएकाले यो गर्भवती महिलाका लागि उपयुक्त हुन्छ ।

३. आँखाको तेजिलाे बनाउँछ रायोको सागमा भिटामिन ए पाइन्छ । जो स्वस्थ आँखाका लागि अपरिहार्य हो । यसले रतन्धो लगायत आँखाका सम्पूर्ण समस्याबाट राहत दिलाउँछ । प्रशस्त मात्रामा रायोको साग खानाले शक्ति दिनुका साथै आँखाको तेज बढाउँछ ।

४. स्मरणशक्ति बढाउँछः प्रतिदिन तीन पटक रायोको साग खाएर स्मरणशक्तिमा आउने ह्रासको समस्यालाई ४० प्रतिशतसम्म कम गर्न सकिने विभिन्न अनुसन्धानले देखाएका छन् ।यसको बीजलाई चिसो पानीमा पिसी लगाउनाले सुन्निएको र नशाको पीडामा छिटो उपचार गर्छ ।

५.रुघाखोकीबाट जोगाउँछ : रायोकाे साग भिटामिन सीको राम्रो स्रोत हो । भिटामिन सीले रुघाखोकी, निमोनिया, फोक्सोको इन्फेक्सन आदिबाट जोगाउँछ ।

६. शरीरका विकार फाल्छ : रायोको सागमा पाइने म्याग्नेसियम र फोलेटजस्ता तत्वले शरीरमा जम्मा भएका विकारलाई विभिन्न माध्यमबाट शरीरबाहिर निकाल्छन् ।

७. बाथका रोगीलाई राहत दिन्छ : रायोको सागले बाथका रोगीलाई राहत दिन्छ । यसमा कपर पाइन्छ, जसले बाथको पीडालाई कम गर्छ ।

८. डन्डीफोर कम गर्छ : रायोको सागमा पाइने तत्वले डन्डीफोरको समस्यालाई पनि समाधान गर्न मद्दत गर्छ । छालालाई इन्फेक्सनबाट जोगाउन रायोको सागको सेवन फलदायी हुन्छ ।

९. क्यान्सरबाट जोगाउँछ : भोजनमा रायोको साग नियमित खाँदा क्यान्सर लाग्ने जोखिम कम हुन्छ । रायोको सागमा पाइने भिटामिन केले प्रोस्ट्रेट, कोलोन, पेट, नाक र मुखको क्यान्सर लाग्ने जोखिम कम गर्छ । कलेजोको क्यान्सर भएकाहरूका लागि पनि रायोको साग खानु राम्रो हो ।

१०. पत्थरी र मुटु राेगमा लाभकारी छ : पिसाबनलीमा पत्थरी हुने जोखिमलाई पनि रायोको सागले कम गरिदिन्छ । मुटुसम्बन्धी हरेक खालका समस्या भएकाले अथवा मुटुसम्बन्धी रोग नलागोस् भन्ने चाहनेले रायोको साग खानुपर्छ।

Comments

Back to top