नेप्सेमा करिब ५६ अङ्कको वृद्धि, कारोबार रकम २ अर्ब ८६ करोड!
आज बिहीबार ५६.८८ अङ्कले बढेर २.८८% वृद्धिका साथ नेप्से परिसूचक २०२९.०३ अंकमा बन्द भएको छ। कारोबार भएका २५७ कम्पनीमध्ये २०८ कम्पनी उकालो लागेका छन्, ६ कम्पनी ओरालो लागेका छन् भने शुन्य कम्पनी स्थिर रहेको छ।
कारोबार भएका सबै उप-समुहहरुको सेयर मूल्य उकालो लागेका छन्।
प्रमुख कारोबार
आज नेप्से बजारको टप गेनरमा हिमालयन उर्जा विकास कम्पनी, सानिमा लाइफ इन्सुरेन्स कम्पनि , सृजनशिल लघुवित्त रहेका छन्, जसको १०% मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा नपाल बैंक डिबेनचर रहेको छ, जसको सेयर मूल्य ३.९५% ले घटेको छ। सबैभन्दा धेरै टर्नओभर हिमालयन डिस्टिलरी र भोलुममा हिमाल दोलखा हाईड्रोपवरको कारोबार भएको छ।
Comments