नेप्से इन्ट्राडे अपडेट: १६ अङ्कको वृद्धि!

आज नेप्से बजार १६.४६ अंकले बढेको छ।   

सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म १९८८ को नजिक आएको छ। १६.४६ अङ्कले  बढेर नेप्से परिसूचक १९८८.६१ मा आएको हो। आज २ घण्टामा लगभग ६८ करोड ७ लाख कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा बढी हो।

यस्तै, आजको टप गेनरमा श्रृजनशील लघुवित्त कम्पनी रहेको छ जसको १०% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा वेअन नेपाल लघुवित्त रहेको छ जसले ३.६७ % गुमाएको छ।

Comments

Back to top