निफ्राको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)को ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले मंसिर २९ गते देखि वार्षिक प्रतिशत ब्याजदर भएको  वर्ष अवधिको निफ्रा उर्जा ऋणपत्र प्रतिशत २०८५र८६ बिक्री खुला गरेको थियो

बैंकले प्रति इकाई एक हजार अंकित दरका अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो। सोमध्ये ६० प्रतिशत अर्थात अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिएको हो भने बाँकी ४० प्रतिशत अर्थात अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता सर्वसाधारणमा बिक्री गरिएको हो। सर्वसाधारणका लागि निष्काशन गरिएको ऋणपत्रमध्ये प्रतिशत अर्थात लाख कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ।

सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा लाख कित्ताका लागि आवेदन दिन सकिनेछ।

बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लिरिङ्ग लिमिटेडबाट निर्माण गरिएको मेरो शेयर अनलाइन प्रयोग गरी सि आस्बा प्रणालीमार्फत आवेदन दिन सकिनेछ।

Comments

Back to top