मान्डु हाइड्रोपावरले आईपीओ जारी गर्ने बोर्डसँग माग्यो अनुमति
मान्डु हाइड्रोपावरले १६ लाख ३६ हजार ३७० कित्ता आईपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।कम्पनीले सेबोनमा पुस ११ आवेदन दिँदै आईपीओ निष्कासनका लागि अनुमति मागेको हो। यसले १०० रुपैयाँ अंकित मूल्यमा १४८ प्रमियम थपेर २४८ रुपैयाँ प्रतिकत्ताका दरले आईपीओ बिक्री गर्ने अनुमति मागेको हो । कम्पनीले कुल ४० करोड ५८ लाख १९ हजार ७६० रुपैयाँबराबरको आईपीओ जारी गर्नेछ।
यसले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि आईपीओ जारी गर्नेछ। यो आईपीओको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।
Comments