नेप्सेमा ४ कम्पनीको सेयरमूल्य समायाेजन, कतिमा खुल्दैछ कारोबार?
नेपाल स्टक एक्सचेञ्ज (नेप्सेमा) ४ कम्पनीको सेयरमूल्य समायोजन भएको छ । नेप्सेमा मितेरी डेभलपमेन्ट बैंक, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, नेपाल बैंक र प्राईम कमर्सियल बैंकको बोनस सेयरमा मूल्य समायोजन भएको हो । मितेरी डेभलपमेन्ट बैंकको १२.३५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । समायोजन पछि यसको भाउ ३६४.९३ रुपैयाँ कायम भएको छ ।
हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको ५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । समायोजन पछि यसको भाउ प्रतिकित्ता १७७.१४ रुपैयाँ कायम भएको छ । त्यस्तै, नेपाल बैंक लिमिटेडको २ प्रतिशत बोनसमा सेयरमा मूल्य समायोजन पछि २८०.८८ रुपैयाँ कायम भएको छ ।
यस्तै, प्राइम कमर्सियल बैंकको ४% बोनस सेयरपछि समायोजन भएको भाउ प्रतिकित्ता २२०.१० रुपैयाँ कायम भएको छ । अब बिहीबार समायोजित मूल्यलाई आधार मानेर यिनीहरुको कारोबार खुल्नेछ ।
Comments