नेप्सेमा करिब ११ अङ्कको गिरावट, कारोबार रकम २ अर्ब १५ करोड!
आज बुधबार ११.८१ अङ्कले घटेर ०.६०% गिरावटका साथ नेप्से परिसूचक १९७२.१५ अंकमा बन्द भएको छ। कारोबार भएका २५७ कम्पनीमध्ये ६० कम्पनी उकालो लागेका छन्, १४९ कम्पनी ओरालो लागेका छन् भने ५ कम्पनी स्थिर रहेको छ।
कारोबार भएका ८ उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन्।
प्रमुख कारोबार
आज नेप्से बजारको टप गेनरमा सेन्ट्रल फाईनान्स, प्रभु लाइफ इन्सुरेन्स र धौलागिरी लघुवित्त रहेका छन्, जसको १०% मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा महुली लघुवित्त रहेको छ, जसको सेयर मूल्य ५.२०% ले घटेको छ। सबैभन्दा धेरै टर्नओभर नबिल बैंक र भोलुममा प्राइम कमर्सिअल बैंकको कारोबार भएको छ।
Comments