नेप्से इन्ट्राडे अपडेट: ८ अङ्कको वृद्धि!
आज नेप्से बजार ८.५९ अंकले बढेको छ।
सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म १९९२ को नजिक आएको छ। ८.५९ अङ्कले बढेर नेप्से परिसूचक १९९२.५४ मा आएको हो। आज २ घण्टामा लगभग १ अर्ब ७ करोड ७० हजार कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा बढी हो।
यस्तै, आजको टप गेनरमा सेन्ट्रल फाईनान्स, प्रभु लाइफ इन्सुरेन्स र धौलागिरी लघुवित्त कम्पनी रहेका छन् जसको १०% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा समता घरेलु लघुवित्त रहेको छ जसले ४.४९ % गुमाएको छ।
Comments