प्रभु लाइफ इन्स्योरेन्स र सेन्ट्रल फाइनान्सको सेयर कारोबार फुकुवा
नेप्सेले मर्जरका कारण कारोबार बन्द रहेको प्रभु लाइफ इन्स्योरेन्सको सेयर कारोबार फुकुवा गरेको छ । नेप्सेले इन्स्योरेन्सका आधारभूत सेयरधनीबाहेकका सेयरधनीको सेयर कारोबार फुकुवा गरेको हो । महालक्ष्मी लाइफ इन्स्योरेन्स सँग मर्जर प्रक्रियामा रहेको कारण यसको सेयर कारोबार रोक्का थियो । नेप्सेले ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ मा भएको आधारभूत सेयरधनीबाहेक अन्य सेयरधनीको सेयर कारोबार फुकुवा गर्ने व्यवस्था अनुसार यसको सेयर कारोबार फुकुवा गरेको हो ।
यसैगरी नियमविपरीत कारोबार समयमा दोस्रो बजारलाई प्रत्यक्ष प्रभाव पार्ने लाभांश सम्बन्धी सूचना समयमा नदिएको भन्दै गत पुस ६ गतेबाट रोक्का गरिएको सेन्ट्रल फाइनान्सको सेयर कारोबार पनि फुकुवा गरिएको छ। बुधबारबाट दुवै कम्पनीको कारोबारमा खुल्नेछ ।
Comments