२ कम्पनीले पाए आईपीओ निष्कासन गर्न बोर्डबाट अनुमति
मकर जितुमाया सुरी हाइड्रोपावर र सानिमा मिडल तमोर हाइड्रोपावर कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका छन् । सानिमा मिडिल तमोर हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीय तथा सर्वसाधारणका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ८३ करोड ३१ लाख २५ हजार रूपैयाँ बराबरको ८३ लाख ३१ हजार २ सय ५० कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको हो । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।
त्यसैगरी, मकर जितुमाया हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरी कुल २२ लाख ८० हजार कित्ता सेयर बिक्री गर्न अनुमति पाएको छ । यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ ।
Comments