नेप्सेमा ५ कम्पनीकाे सेयरमूल्य समायाेजन, कतिमा खुल्दैछ कारोबार ?
नेपाल स्टक एक्सचेञ्च (नेप्सेले) ५ कम्पनीका सेयरमूल्य समायोजन गरेको छ । लुम्बिनी विकास बैंक, सिद्धार्थ बैंक, नेपाल एसबिआई बैंक, बिन्ध्यबासिनी हाइड्रोपावर र राधी विद्युत् कम्पनीको बोनस सेयरमा मूल्य समायोजन भएको हो । आज सम्म कायम यी कम्पनीका सेयरधनीहरुले लाभांश पाउने छन् ।
नेप्सेले लुम्बिनी विकास बैंकको ३ प्रतिशत बोनस सेयरमा मूलय समायोजन गरेको छ । समायोजन पछि यसको भाउ ३३६.८९ रुपैयाँ कायम भएको छ । त्यस्तै, नेपाल एसबिआई बैंकको पनि ३ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो । समायोजन पछि यसको भाउ २८७.७७ रुपैयाँ कायम भएको छ । यता, सिद्धार्थ बैंक लिमिटेडको १२.५० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । समायोजन पछि यसको भाउ प्रतिकित्ता नेप्सेले ३०१.३३ रुपैयाँ निर्धारण गरेको छ ।
बिन्ध्यबासिनी हाइड्रोपावर कम्पनीको ५ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ३६५.७१ रुपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको छ । त्यस्तै, राधी विद्युत कम्पनीको ४.७५ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता २११.९३ रुपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको छ । बुधबार यिनीहरुको समायोजीत मूल्यका आधारमा कारोबार खुल्ने छ ।
Comments