अर्थमन्त्रीमा नेकपा एमालेका वरिष्ठ नेता विष्णु पौडेल फर्किएसंगै नेप्सेमा छाएको छ रौनक!

 

नयाँ सरकार गठन भएपछिको पहिलो कारोबार दिन सोमबार ५६ दशमलव ८८ अंकले बढेको शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ५९ दशमलव ८७ अंकले बढेर एक हजार नौ सय ८३ दशमलव ९५ विन्दुमा पुगेको छ। प्रि ओपनिङमा करिब ६ अंकको ग्यापअप  गरको मार्केटले, इन्ट्राडेमा १९९९.२० को बिन्दु छोएर, प्रोफिट बुकिङको संकेत दिएको छ।

२००० जोनको आपूर्तिलाई बजारले अवशोषित गर्नसके बजारको लक्ष्य २०८७-२१०० हुने  दैनिक चार्टले देखाएको छ। त्यसपछिको लक्ष्य भने २२०० लाई लिन सकिन्छ।  

नयाँ अर्थमन्त्रीको आगमनबाट लगानीकर्ताको मनोबल उच्च  देखिएता पनि बजारले बियरिश ट्रेन्ड ब्रेक नगरेसम्म बुलिश ट्रेंड नै फर्किएको भन्न सकिदैन।

मार्केटले १८०८ को लो बिन्दु बनाएपछि अहिले करिब १०% को  राइजसंगै राम्रो नाफा बुकिङ आउने र मार्केटले १९२० टेस्ट गर्ने सम्भावना प्रवल देखिन्छ।

Comments

Back to top