नेप्सेमा करिब ५९ अङ्कको वृद्धि, कारोबार रकम ३ अर्ब ८८ करोड!

आज मंगलबार  ५९.८७ अङ्कले बढेर ३.११% वृद्धिका साथ नेप्से परिसूचक १९८३.०९  अंकमा बन्द भएको छ। कारोबार भएका २६१ कम्पनीमध्ये २०२ कम्पनी उकालो लागेका छन्, ८ कम्पनी ओरालो लागेका  छन् भने २ कम्पनी स्थिर रहेको  छ।

कारोबार भएका सबै उप-समुहहरुको सेयर मूल्य उकालो  लागेका छन्।

प्रमुख कारोबार

आज नेप्से बजारको टप गेनरमा सिद्धार्थ इन्सुरेन्स, मल्टीपर्पोज फाईनान्स, अजोड इन्सुरेन्स, र सृजन्सिल लघुवित्त  रहेका छ, जसको १०% मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा आधिखोला लघुवित्त रहेको छ, जसको सेयर मूल्य २.६३% ले घटेको छ। सबैभन्दा धेरै टर्नओभर र भोलुममा लक्ष्मी बैंकको कारोबार भएको छ।

Comments

Back to top