नेप्से इन्ट्राडे अपडेट: ४८ अङ्कको वृद्धि!

आज नेप्से बजार ४८.१४ अंकले बढेको छ।   

सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म १९७२ को नजिक आएको छ। ४८.१४ अङ्कले  बढेर नेप्से परिसूचक १९७२.२२ मा आएको हो। आज २ घण्टामा लगभग  १ अर्ब  ८५ लाख कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा बढी हो।

यस्तै, आजको टप गेनरमा  मल्टीपर्पोज फाईनान्स कम्पनी रहेको छ जसको  १०% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा  सयपत्री हाईड्रोपावर रहेको छ जसले ३.५७ % गुमाएको छ।

Comments

Back to top