यस्ता छन् च्याउका फाइदा!
जाडोको सुरुवातसँगै सूर्यको किरण शरीरमा कम पर्छ, जसले शरीरलाई चाहिने भिटामिन डीको कमी हुन्छ । त्यसको कमी पूरा गर्न जाडो मौसममा हाडलाई फाइदा पुर्याउने, रोगप्रतिरोधी क्षमता बढाउने र प्रजनन क्षमता बढाउने च्याउलाई तरकारीका रूपमा रोज्न सक्नुहुन्छ । च्याउ उच्च फाइबरयुक्त हुनुका साथै यसमा आइरन र प्रोटिन प्रशस्त मात्रामा पाइन्छ ।
च्याउबाट तपाईं यस्ता फाइदा लिन सक्नुहुन्छ–
– रातो रक्तकोष निर्माणमा सहयोग पुग्छ ।
– कोलेस्टेरोल तथा कार्डियोभास्कुलरसम्बन्धी रोग नियन्त्रणमा उपयोगी हुन्छ ।
– च्याउमा क्यान्सरबाट जोगाउने क्षमता हुन्छ ।
– ब्लड प्रेसर, हाई ब्लड सुगरका साथै मधुमेहबाट जोगाउँछ ।
– चिसोमा फ्लुसँग लड्न क्षमता विकास गर्छ ।
च्याउलाई जसरी पनि प्रयोग गर्न सक्नुहुन्छ, तरकारी, सुप वा पिज्जाको रूपमा, उसिनेर या तारेर । एसियन देशहरूमा च्याउको सुप प्रसिद्ध छ भने पश्चिमा देशमा यसलाई पिज्जामा धेरै प्रयोग गरेको पाइन्छ ।
Comments