निफ्राको नगद लाभांश बैंक खातामा जम्मा

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले चौथो वार्षिक साधारणसभाबाट पारित ४.२१०५ प्रतिशत नगद लाभांश  सेयरधनीको खातामा पठाउन थालेको छ । बैंकले मंसिर २८ गतेदेखि नै उक्त रकम सेयरधनीहरूको बैंक खातामा जम्मा गर्न थालेको जानकारी दिएको हो ।

बैंकले डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुलाई नगद पठाउन सुरु गरेको छ ।  यता, बैंक खाता अद्यावधिक नगरेका सदस्यहरूलाई यथाशीघ्र गराउन बैंकले आग्रह समेत गरेको छ ।
 

Comments

Back to top