घलेम्दी हाइड्रो लिमिटेडले हकप्रद जारी गर्ने

घलेम्दी हाइड्रो लिमिटेडले चुक्तापुँजीको २०० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव गरेको छ । कम्पनी सञ्चालक समितिको पुस ८ गते बसेको बैठकले १००:२०० को अनुपातले हकप्रद निष्कासनको प्रस्ताव गरेको हो। कम्पनीले सांग्रिला उर्जा प्रा लि द्धारा प्रवद्धित संखुवासभामा रहेको छुजुङ खोला जलविद्युत आयोजनामा ५१ प्रतिशत सेयर कायम हुने गरी लगानी गर्न हकप्रद जारी गर्न लागेको हो ।

आयोगबाट अनुमति प्राप्त भएपश्चात आगामी वार्षिक साधारणसबाट अनुमोदन गराउने र हकप्रद जारी प्रक्रिया अगाडि बढाइने कम्पनीले जनाएको छ।

 

Comments

Back to top