कालिका पावर र मल्टीपर्पस फाइनान्सको सेयर कारोबार फुकुवा

नेपाल स्टक एक्सचेन्जले कालिका पावर मल्टीपर्पस फाइनान्सको सेयर कारोबार फुकुवा गरेको छ। नेप्सेले सोमबार दुवै कम्पनीको सेयर कारोबार फुकुवा गरेको हो। आज मंगलबारबाट यी दुवै कम्पनीको सेयर कारोबार पुनः सुचारु हुनेछ ।

दुवै कम्पनीले कारोबार समयको नेप्सेमा नट्समार्फत सूचना प्रविष्टी गरेकोमा नेप्सेले सेयर कारोबार रोक्का गर्दै तीन दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको थियो।  कम्पनीहरुले भुलवश मानवीय त्रुटिबाट तथा प्राविधिक कठिनाई भएका कारण त्यसो हुन गएको जानकारी गराएपछि नेप्सेले यिनीहरुको सेयर कारोबार फुकुवा गरिदिएको हो । 

Comments

Back to top