शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सेयरमूल्य समायोजन पछिको भाउ कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सेयरमूल्य समायोजन भएको छ । कम्पनीको १३.३० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो । समायोजन पछि यसको भाउ ३०३.६२ रूपैयाँ कायम भएको छ । नेप्सेले बैंकको अन्तिम कारोबार मूल्य ३४४ रुपैयाँलाई आधार मानेर यसको मूल्य समायोजन गरेको हो । आज मंगलबार समायोजित मूल्यलाई आधार मानेर यसको कारोबार खुल्नेछ ।

Comments

Back to top