सिवाईसी नेपालले कहिले बोलायो साधारण सभा?

सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न पुस ३० गते वार्षिक साधारण सभा बोलाएको  छ। सभा केन्द्रिय कार्यालय, सभागृहचोक पोखरामा बिहान ११ बजे सुरु हुनेछ ।  सभाले ३० प्रतिशतका दरले बोनस शेयर सोको कर प्रयोजनार्थ .५८ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले अन्य उपयुक्त लघुवित्तहरु मर्ज अथवा एक्वायर गर्न प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लभांश वितरण प्रयोजनार्थ लघुवित्तले पुस १९ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

Comments

Back to top