शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज पुस ११ गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजन तथा लाभांश वितरणका लागि मंगलबार (पुस १२ गते) बुक क्लोज गर्ने भएको छ । यसर्थ, आजसम्म कायम रहेका सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउनेछन् ।
कम्पनीले लाभांश पारित गर्न पुस २५ गते वार्षिक साधारण सभा बोलाएको छ । बैंकले गत वर्ष २०७८/७९ को नाफा १३.३० प्रतिशत बोनस सेयर र ०.७० प्रतिशत नगद लाभांश (कर प्रयोजन) दिने भएको छ ।
Comments