आमाले किशोरीलाई के सिकाउने?

बालबालिकाको उमेरसँगै आमाबाको चिन्ता बढ्दै जान्छ।

उनीहरुको लालनपालन, शिक्षा, संस्कार, परिवेस साथीभाइको संगत आदी इत्यादी कुराले बालबालिकाको उमेरसँगै अभिभावकलाई पिरोल्न थाल्छ।

हरेक अभिभावकको चाहाना हुन्छ आफ्ना छोराछोरी शिक्षित, सभ्य र अरु भन्दा फरक र बाआमाको नाम राखुन।

हरेकले भनोस छोराछोरी हुन त फलानोको जस्तो।

छोराछोरीको कारण आफ्नो नाम उच्च होस कुनै गलत काम नगरुन्।

सधै असर साथीभाइको संगत गरुन।

बालबालिकालाई असल संस्कार दिई उनीहरुको मनोभावना परिवर्तन गरी असल सन्तान बनाउन अभिभावक, घरपरिवार, परिवेस र समाजको अहम भुमिका हुन्छ।

उ जस्तो घरपरिवार परिवेसमा हुर्किन्छ उसको व्यवहार पनि त्यस्तै हुन्छ।

बालबालिकाको व्यवहारबाटै उसको घरपरिवारको बारेमा थाहा पाउन सकिन्छ।

बालबालिकालाई कसरी असल बाटोका हिडाउने? कसरी सहि गलत छुट्याउन सक्ने बनाउने यो सबै कुरा अभिभावक तथा घरपरिवारमा निर्भर गर्छ।

अझ किशोरकिशोरीलाई सम्झाउन महत्वपूर्ण हुन्छ। त्यसमा पनि किशोरीहरुलाई।

किशोरीको उमेर बढ्दै जादा मनमा अनेकन सवालहरु पैदा हुन्छन्। तर उनीहरु आफ्नो भावना कसंैसँग राख्न सक्दैनन्।

यस्तो समयमा आमाको भुमिका महत्वपूर्ण सावित हुन्छ उनीहरुका लागि।

उनीहरुलाई सहि बाटोमा हिडाउन आमाले यस्तो बेला उनीहरुसँग कुराकानी गर्ने नजिक रहने र सम्झाउने बुझाउने गर्नुपर्छ।

कसरि सम्झाउने त छोरीलाई

– साथी जस्तै व्यवहार गर्नुपर्ने
– हरेक कुराहरु सेयर गर्ने
– उसको भावनाको कदर गर्ने
– महिनावारीबारे खुलेर कुरा गर्ने
– जिम्मेवारी र कर्तव्यका बारेमा सिकाउने
– सहि र गलतको अन्तरले पार्ने असरका बारेमा बताउने
– मिहेनत र कमजोरी सुधार्न सहयोग गर्ने
– सहि व्यक्तिको संगत गर्ने
– यौन र प्रेमका बारेमा खुलेर कुरा गर्ने
– आफुलाई विश्वास गर्न सिकाउने
– हरेक कुरालाई सोचबिचार गरेपछि मात्रै निर्णय लिने

Comments

Back to top