मुक्तिनाथ विकास बैंकको साधारण सभा पुस ३० गते, बुक क्लोज कुहिले ?

मुक्तिनाथ विकास बैंक लिमिटेडले पुस ३० गते वार्षिक साधारण सभा बोलाएको छ।  सभाले हाल कायम चुक्ता पूँजीको १३.५ प्रतिशतका दरले बोनस शेयर सोको कर प्रयोजनार्थ ०.७१ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु मर्ज अथवा एक्वायर गर्न प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चलाक समितिलाई अख्तियारी प्रदान गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

बैंकले पुस २० गते बुकक्लोज गर्ने भएको छ। त्यसैले, पुस १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्। सभा होटल पोखरा ग्राण्ड, पार्दी, विरौटा, पोखरामा बिहान १० बजेबाट सुरु हुनेछ ।

Comments

Back to top