पोखरा फाइनान्सले लाभांश प्रस्ताव पारित गर्न बोलायो साधारण सभा
पोखरा फाइनान्स लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न पुस ३० गते वार्षिक साधारण सभा डाकेको छ। सभा दरबारथोक ब्याङ्कवेट, बाँस्तोलाथर, पोखरामा बिहान ९ बजे सो सभा बोलाएको हो। सभाले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
यसका साथै सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु मर्ज अथवा एक्वायर गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चलाक समितिलाई अख्तियारी प्रदान गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
साधारण सभा तथा लभांश वितरण प्रयोजनार्थ फाइनान्सले पुस १९ गतेदेखि पुस ३० गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले फाइनान्सको साधारण सभामा सहभागिता जनाउन तथा फाइनान्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
Comments