गुराँस लघुवित्तको साधारण सभा पुस ३० गते, बुक क्लोज कहिले ?

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस ३० गते साधारण सभा डाकेको छ । सभा भेडेटार भिलेज रिसोर्ट, भेडेटार, धनकुटामा बिहान ११ बजेबाट सरु हुनेछ । सभाले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशतका दरले हुन आउने ३९ लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.२१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

यसका साथै सभाले अन्य उपयुक्त लघुवित्तसँग मर्जर अथवा एक्विजिशन गर्ने र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने १ जना सञ्चालक बाँकी अवधिको लागि नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ लघुवित्तले पुस २० गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १९ गतेसम्म कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन  लाभांश प्राप्त गर्न सक्नेछन्।

Comments

Back to top