मिर्मिरे लघुवित्तको साधारण सभा पुस ३० गते, के के छन् एजेण्डा?
मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस ३० गते साधारणसभा बोलाएको छ । सभा योयो बैंक्वेट, सूर्यविनायक न पा ५ घलाँते, भत्तपुरमा बिहान ११ बजे सुरु हुनेछ । सभामा संस्थाले २३ प्रतिशत बोनस सेयर प्रस्ताव पेश गर्नेछ । सोसँगै कम्पनीले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण पनि पेश गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस २० गते बुक क्लोज गर्दैछ । यस आधारमा पुस १९ गतेसम्म कायम शेयरधनीहरू मात्र लाभांश प्राप्त गर्न र साधारण सभामा भाग लिन योग्य हुनेछन् ।
Comments